इलाममा माओवादी केन्द्रको पार्टी कार्यालयमा बम फेला
Published: (Updated: )
by .
इलाम । इलाम सदरमुकाममा ३ वटा बम फेला परेको छ ।
नगरपालिका ७ नारायणस्थानमा तत्कालिन नेकपा माओवादी केन्द्रको पुरानो पार्टी कार्यालयमा बम फेला परेको हो ।
पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ । बमलाई डिस्पोजका लागि तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
गस्ती गर्ने क्रममा भेटिएको बम पुरानै भएको प्रहरीले जनाएको छ ।
शंकास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको पुष्टि भएको हो । सो बम तत्कालिन माओवादीले छोडेको हुनसक्ने प्रहरिले बताएको छ ।
बम भएको ठाउँ माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त भवनमा जिल्ला पार्टी कार्यालय राखेको थियो ।
Comments