Sajhamanch Archive

आदर्श माविलाई एकसाथ दुईवटा पुरस्कार

Published: in समाज by .

मेचीनगर । झापाको मेचीनगर—८ मा रहेको आदर्श माध्यमिक विद्यालय आयावारी यसवर्ष झापा जिल्लाकै उत्कृष्ट विद्यालय र सोहि विद्यालयका शिक्षक गीता ओझा यस वर्षको प्रदेश नम्बर १ को उत्कृष्ट शिक्षकका रुपमा घोषित भएका छन् ।

विभिन्न कामका साथ जिल्लाका सामुदायिक विद्यालयमध्ये फरक पहिचान बनाउन सफल उक्त विद्यालय १ नम्बर प्रदेशबाट पुरस्कृत भएको प्रधानध्यापक हेमकुमार खड्काले जानकारी दिए ।

विद्यालय तथा उत्कृष्ट शिक्षक ओझा पुरस्कृत समेत भएका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्र काठमाण्डौबाट तयार गरिएको परीक्षण साधन अनुसार सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइको मुल्याङ्कन सिफारिसका आधारमा विद्यालय प्रथम भएको हो । ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५१ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रोत्साहन अनुदान सहित नगद ५ लाख रुपैयाँ र सम्मान पत्र प्रदान गरेका थिए । मन्त्री घिमिरेले प्रदान गरेको पुरस्कार प्रधानध्यापक खड्काले ग्रहण गरेका थिए ।

यसैगरी, उत्कृष्ट शिषक ओझालाई पीपी प्रसाई फाउण्डेशन काठमाण्डौले नगद ३८ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ । फाउण्डेशनले राजधानीमा आयोजना गरेको कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री गिरीराजमणि पोखरेलले नगद तथा प्रमाण—पत्र प्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *