Sajhamanch Archive

विमान दुर्घटना, १९ को मृत्यु, चार जनाको उद्धार

Published: in राष्ट्रिय समाचार, by .

दक्षिणी सुडानमा विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने चार जनाको उद्धार गरिएको छ।

दुर्घटनामा परेका दुई बालबालिकासहित चार जना बाँच्न सफल भएको सुडानका अधिकारीले जनाएका छन्। राजधानी जुवाबाट २३ यात्रु लिएर इरोल जाँदै गरेको विमान दुर्घटनामा परेको हो।

विमानमा पाइलट को–पाइलट विमानका कर्मचारी रेडक्रसका अधिकारीलगायत रहेको अधिकारीहरूले जनाएका छन्। खराब मौसमका कारण विमान दुर्घटना भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन्। सुडानमा गत मार्चमा पनि विमान दुर्घटनामा ४० यात्रुको ज्यान गएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *