Sajhamanch Archive

विश्व आत्महत्या रोकथाम दिवस अाज

Published: in समाज by .

काठमाडौं । सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस।

जनचेतनामूलक कार्यक्रम गरी विश्वभर यो दिवस मनाइँदैछ।

आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमा रहेको छ।

प्रत्येक वर्ष आत्महत्याको कारण आठ लाख जनाको मृत्यु हुने तथ्या‌ंकले  देखाउँछ।

हरेक ४० सेकेण्डमा विश्वमा एक व्यक्तिले आत्यहत्याका कारण ज्यान गुमाइरहेका हुने विश्व स्वास्थ्य संगठनको तथ्या‌ंक  छ।

संसारभर १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारण हो  नेपालमा भने प्रजनन उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको बताइन्छ।

प्रहरीको तथ्यांकअनुसार गत अार्थिक वर्षमा मात्र पाँच हजारभन्दा बढीले आत्महत्या गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *