गोरूले खेदेर भाग्ने क्रममा भिरबाट लडेर मृत्यु
Published:
by .
ओखलढुङ्गा। चम्पादेवी गाउँपालिका-२ बस्ने ४५ बर्षीया कबिता सुनुवारको भिरबाट लडेर मृत्यु भएको छ ।
कबिताको लिखु गाउँपालिका-७ स्थित भोटे भिर पाखामा गाईबस्तु चराउने क्रममा शुक्रबार गोरुले खेदेकोले भाग्ने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको हो ।
भिरबाट करीब ५० मिटर तल लिखु खोलाको किनारमा खस्न गई कबिताको मृत्यु भएको बताइएको छ ।
Comments