Sajhamanch Archive

नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । नेप्से परिसूचक आज पनि घटेको छ । उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको परिसुचक घटेकाले नेप्से परिसूचक आज ८ अंकले ओरालो लागेको हो ।

परिसूचक आज ८ दशमलब १ अंकले घटेर १२ सय ११ बिन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि आज करिब ५ करोड रुपैयाँले घटेको छ । आज २७ करोड ७४ लाख रुपैयाँको ११ लाख ५९ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

नेप्से परिसूचक र कारोबार रकम घटे पनि सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्थालगायत केही कम्पनीका शेयरधनीहरुले भने कमाएका छन् ।

सपोर्ट माईक्रोफाइनान्सका शेयरधनीले आज १० प्रतिशत कमाएका छन् । यस्तै आरम्भ माईक्रोफाइनान्स वित्तीय संस्था र मेरो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशत कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।

यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज घटेको छ । सेन्सेटिभ इन्डेक्समा २ अंकको गिरावट आएको छ ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *