Sajhamanch Archive

शीतयुद्धपछि कै ठूलो सैन्य अभ्यास सुरु

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । रुसले शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागि छन् ।

सेप्टम्बर १७ सम्म चल्ने अभ्यासमा भाग लिने सेनाको यो संख्या दोस्रो विश्वमा परिचालित सेनाको संख्याको हाराहारीको मानिएको छ ।

यसमा ३६ हजार ट्यांक, हजारभन्दा बढी विमान, बख्तरबन्द गाडीलगायत प्रयोग गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

भोस्टोक–२०१८ नाम दिइएको अभ्यास सेनाको पाँच वटा अभ्यासस्थलमा फैलिएको छ भने चार वटा एअर वेशको उपयोग गरिने छ ।

चीनले बख्तरबन्द गाडी र विमानसहित आफ्ना ३२ सय सेना पठाएको छ भने मंगोलियाले पनि केही सैनिक पठाउँदैछ ।

रुसले शीत युद्धताका यस्तै तहको सैन्य अभ्यास गरेको थियो तर अहिलेको अभ्यासमा सहभागी सेनाको संख्या भने बढी छ ।

उत्तर एटलान्टिक सैन्य संगठन नेटोसँग तनाव चुलिरहेका बेला रुसले यो सैन्य अभ्यास गरेको हो ।

सन् २०१४ मा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएपछि अमेरिका हावी रहेको २९ सदस्यीय नेटोसंगको रुसको सम्बन्ध बिग्रिएको छ ।

क्रेमलिनका प्रवक्ताले सैन्य अभ्यासलाई रुसमाथिको आक्रामक र अमित्रतापूर्ण व्यवहारविरुद्धको उचित जवाफ भएको जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *