अमेरिकाको क्यारोलिना र भर्जिनिया राज्यमा आपतकालीन घोषणा
Published: (Updated: )
by .काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा दशक कै शक्तिशाली समुद्री आँधीको प्रभाव देखिन थालेपछि विभिन्न राज्यमा आपतलकालीन अबस्थाको घोषणा गरिएको छ ।
फ्लोरेन्स नाम दिइएको आँधी प्रतिघण्टा १ सय ३० किलोमिटरको वेगमा शक्तिशाली हुँदै बहिरहेको अधिकारीहरुले जनाएका छन् ।
अत्यन्त खतरनाक बन्दै गएको फ्लोरेन्सका कारण विनाश निम्त्याउने तहको वर्षा र बाढी आउने मौसमविद्हरुले जनाएका छन् ।
दक्षिणी क्यारोलिना राज्यका गभर्नरले तटीय क्षेत्रलाई खाली गर्न निर्देशन गर्नुभएको छ ।
उत्तर क्यारोलिना र भर्जिनिया राज्यमा आपतकाल् घोषणा गरिएको छ ।
सन् १९८९ मा उत्तरी क्यारोलिनामा आएको शक्तिशाली आँधीका कारण ४९ जनाको मृत्यु भएको थियो भने ७ विलियन डलर बराबरको भौतिक क्षति पु¥याएको थियो ।
Comments