Sajhamanch Archive

अमेरिकाको क्यारोलिना र भर्जिनिया राज्यमा आपतकालीन घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा दशक कै शक्तिशाली समुद्री आँधीको प्रभाव देखिन थालेपछि विभिन्न राज्यमा आपतलकालीन अबस्थाको घोषणा गरिएको छ ।

फ्लोरेन्स नाम दिइएको आँधी प्रतिघण्टा १ सय ३० किलोमिटरको वेगमा शक्तिशाली हुँदै बहिरहेको अधिकारीहरुले जनाएका छन् ।

अत्यन्त खतरनाक बन्दै गएको फ्लोरेन्सका कारण विनाश निम्त्याउने तहको वर्षा र बाढी आउने मौसमविद्हरुले जनाएका छन् ।

दक्षिणी क्यारोलिना राज्यका गभर्नरले तटीय क्षेत्रलाई खाली गर्न निर्देशन गर्नुभएको छ ।

उत्तर क्यारोलिना र भर्जिनिया राज्यमा आपतकाल् घोषणा गरिएको छ ।

सन् १९८९ मा उत्तरी क्यारोलिनामा आएको शक्तिशाली आँधीका कारण ४९ जनाको मृत्यु भएको थियो भने ७ विलियन डलर बराबरको भौतिक क्षति पु¥याएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *