Sajhamanch Archive

मानव बेचबिखनमा पुरुष बढी पीडित

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । मानव बेचबिखनमा महिलाभन्दा पुरुष बढी सिकार भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सोमबार सार्वजनिक गरेको सन् २०१८ को मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा यस्तो तथ्य प्रस्तुत छ ।

सन् २०१७÷२०१८ मा ६ सय २९ वटा घटनामा चार सय ६३ जना पुरुष र एक सय ६६ जना महिला बेचबिखनको सिकार भएको प्रतिवेदनमा उल्लेख छ । बेचबिखनका घटनामा एकतिहाइ बालबालिका परेका छन् । वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने सिलसिलामा पुरुष बेचबिखनमा पर्ने गरेको उल्लेख प्रतिवेदनमा उल्लेख छ । रोजगारी र यौनका साथै शरीरका अंग साटफेरका समेत लागि बालबालिकाको बेचबिखन हुने गरेको पनि बताइएको छ ।

मानव बेचबिखनका दुई सय २७ वटा घटनामा प्रहरीले मुद्दा चलाएका र सात हजारको उद्धार गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक सुरक्षित आप्रवासको नीतिका साथै सरकारी समन्वय अभावले मानव बेचबिखनका घटना बढेको प्रतिवेदनमा औंल्याइएको छ ।

बेचबिखनमा ठूलो सञ्जाल सक्रिय रहेकाले प्रहरीको एक्लो प्रयासले मात्रै नियन्त्रणमा समस्या रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए । मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव बेचविखन नियन्त्रणमा सरकारी संयन्त्र समन्वय गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अन्नपूर्णबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *