Sajhamanch Archive

चेक रिपब्लिकमा रक्सी पिएर नेपालीबीच झगडा, एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । चेक रिपब्लिकमा नेपालीहरूबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हत्यामा संलग्न रहेको अभियोगमा स्थानीय प्रहरीले दुईजनालार्इ नियन्त्रणमा लिएको छ । जर्मनीस्थित नेपाली दूताबासले भने एक नेपालीको मृत्युको पुष्टि गरेपनि मृत्युको कारण र घटना बिबरण भने खुलाएको छैन ।

मृत्यु भएका नेपालीको शव नेपाल पठाउनेबारेमा तयारी भइरहेको छ । मृतक धादिङ स्थायी घर भएका २३ वर्षीय युवक भएको र उनी कोर्कोडिले सिआर स्पोल कम्पनीमा काम गर्न ३ महिना अघिमात्र चेक रिपब्लिक आएका खुलेको छ । प्रहरी अनुसन्धान जारी भएकाले नाम गोप्य राखिएको छ ।

चेक रिपब्लिकको अनलाइन मिडिया नोभिन्की सीजेटले भने शुक्रबार राति ९ बजेपछि चारजना विदेशी कामदारहरूबीच आपसी झगडा भएको र त्यसक्रममा छुरी प्रहारबाट एकजनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

फरार दुईजनालाई प्रहरीले दुई घण्टाको हेलिकोप्टर अपरेशनमार्फत प्रकाउ गरेको थियो । मृतकका परिवारले शव नेपाल झिकाउन परराष्ट्रमा निवेदन दिएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकका पूर्वअध्यक्ष छत्र अधिकारी आइतबार घटनास्थलमा पुगेका छन् । झगडा गर्नुअघि मदिरा पिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *