Sajhamanch Archive

मालपोत कार्यालय चाबहिलका अधिकृत सहित ४ कर्मचारी पक्राउ

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । ललितपुरका चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठमा रहेको करोडौं मूल्य पर्ने घडेरी कीर्ते गरेर बेचबिखन गरेको प्रकरणमा मालपोत कार्यालय चाबहिलका अधिकृत सहित ४ कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्यालसहित नासु रघुनाथ तिमल्सिना, रञ्जन कुमार खरेल र जमुना कुमारी श्रेष्ठ रहेका छन् ।

ललितपुरको हात्तीवन बस्ने चन्दनकृष्ण कायस्थको बूढानीलकण्डको  २ रोपनी ८ आना जग्गा जग्गा मालपोतका कर्मचारीको समेत मिलेमतोमा कीर्ते गरी बेचबिखन भएको थियो ।

यसअघि नै प्रहरीले जग्गा किनबेचमा संलग्न तीन जनालाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार कायस्थको जग्गा किन्ने श्रीकृष्ण देवकोटा र धुव्रप्रसाद भट्टराई तथा जग्गाको वारेसनामा लिने प्रदीप गौतमलाई यस अघि नै हिरासतमा लिइएको हो ।

किर्तेगरी जग्गा पास गरी जग्गा बिक्री गर्ने गिरोहले उक्त जग्गा ६ करोड रुपैयाँमा बेचेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *