Sajhamanch Archive

डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

लिबिया । लिबियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु भएको छ ।

इटली जाँदै गरेका उनीहरु भूमध्य सागरको बीचमा पुगेपछि रबरको डुंगामा हाम फालेका थिए । अवैधानिक रुपमा इटली प्रवेश गर्न रबरको डुंगामा चढेर जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् ।

आप्रवासीहरुलाई इटली प्रवेशमा रोक लगाइपछि उनीहरु अवैधानिक रुपमा प्रवेश गर्न खोज्दै थिए ।

यही सेप्टेम्बर १ मा दुईवटा रबरको डुंगामा उनीहरु बाहिर निस्किएका थिए । तीमध्ये एउटा डुंगा डुबेको हो । दुर्घटनाबाट बचेका २७६ जनालाई लिबियाई शहर खोम्स लगिएको छ । तर कतिपयले भने यी मानिसहरुलाई मनोमानी ढंगले हिरासतमा लिइएको जनाएका छन् ।

अन्तर्राष्ट्रिय प्रवासी संगठनका अनुसार यस वर्ष भूमध्य सागर पार गर्न खोज्न १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *