सुतिरहेका दिदि बहिनीको अनुहारमा तेजाब प्रहार
Published:
by .रौतहट । घरमा सुतिरहेका दिदी र बहिनीको अनुहारमा तेजाब छर्केको नयाँ घटना रौतहटमा घटेको छ ।
चन्द्रपुर नगरपालिकामा राती १२ बजे अज्ञान समूह प्रवेश गरेर तेजाब फालेको पीडितका बुवाले जनाएका छन् । अनुहारमा तेजाब परेर सख्त घाइते दुवैलाई थप उपचारका लागी काठमाडौं पठाएको प्रहरीले जनाएको छ। घटनाको समयमा बुवा घरमा थिएनन् भने आमा घरमा नै थिइन ।
तेजाबबाट उनीहरुका आँखा, टाउकोर अनुहारमा गहिरो चोट लागेको छ। दुवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनायो। चन्द्रनिगाहपुर अस्पतालले उनीहरुलाई थप उपचारका लागि बिहान ५ बजे काठमाडौ रिफर गरेकोछ।
घाइतेहरुले तेजाब हान्नेलाई नचिनेको बताएका छन्। प्रहरीले शंकास्पद स्थानमा खोजतलास जारी राखेको छ।
Comments