Sajhamanch Archive

कमल गाउँपालिकामा तीजको रौनक

Published: (Updated: ) in समाज by .

कमल । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

यसै अवसरमा आज समावेशी महिला सशक्तिकरण केन्द्र झापाको आयोजनामा र नवोदय वहुउद्देश्यीय सहकारी संस्थाको प्रयोजनमा कमल गाउँपालिका ३ केर्खामा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ ।

“सामाजिक विकृति र विसंगतिका विरुद्ध महिलाहरु सचेत रहुँ” भन्ने नाराका साथ महिलाहरुले नाच गानका साथै विभिन्न कार्यक्रम गरेर तिज मनाएका छन् ।

कार्यक्रममा मनकामना भजन मण्डलीले तिज विषेश गीति नाटक समेत प्रदर्शन गरेको थियो ।
समावेशी महिला सशक्तिकरण केन्द्रका अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्वर १ का महिला सांसद इन्दिरा राई विषेश अतिथि कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष वेनु सिवाकोटी, नवोदय वहुउद्देश्यीय सहकारी संस्थाका, अध्यक्ष दिलिपकुमार चापागाईले तीज विशेष कार्यक्रममा मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *