Sajhamanch Archive

व्यापारी हत्याका अभियुक्त हुसेनलाई पक्राउ गरी सार्वजनिक

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । दमकका कपडा व्यापारी हत्याका मुख्य अभियुक्त गौरीगञ्ज ६ का २८ वर्षीय सदाम हुसेनलाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ ।

सोमवार राति कमल गाउँ पालिका ६ स्थायी घर भएका कपडा व्यापारी खेमराज पौडेललाई गौरीगञ्जमा पैसा लिन बोलाइ अपहरण गरी विभत्स हत्या गरेको आरोपमा सदाम हुसेनलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार व्यापारी पौडेलको ९० हजार ५ सय रुपैया तिर्नु पर्ने हुसेनले विगतदेखि नै रकमको विषयमा आफूलाई पौडेलले बेइज्जत गरेको रिसिवी राखेर योजनाअनुरूप हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

हत्या गरी घरमा आएर नुहाउँदै गरेका हुसेनलाई पौडेलकी पत्नी दीपाले उजुरी दिए लगत्तै राति ९ वजेतिर इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख टेकेन्द्र पौडेलको नेतृत्व टोलीले पक्राउ गरेको थियो । हत्या गरिएका पौडेलको शव भने भोलिपल्ट विहान ७.०० बजे गौरीगञ्ज ६ स्थित देविगञ्ज भन्ने ठाउँको नेपाल भारत सीमाको २ सय मिटर नजिक विभत्स रूपमा फालिएको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी झापाका प्रमुख भिमप्रसाद ढकालका अनुसार हत्या आरोपी हुसेनलाई जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरी अपहरण तथा कर्तव्य ज्यान मुद्धामा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *