Sajhamanch Archive

विराटनगरबाट ४ जना चेलीको उद्धार

Published: in समाज by .

विराटनगर ।  विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको छ ।

विराटनगरबाट जोगवनी हुँदै ओमानतर्फ जाने क्रममा धनकुटा नगरपालिका-१० बस्ने ३७ वर्षीया, दमक नगरपालिका-१ बस्ने २० वर्षीया, धनकुटा नगरपालिका-३ बस्ने २४ वर्षीया र काठमाडाैं महानगरपालिका-३५ बस्ने २८ वर्षीया चेलीहरुको उद्धार गरेको हो ।

सीमा नाकामा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र साना हात नामक संस्थाले सोधपुछ गर्ने क्रममा शंका लागि उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई विश्व सेवा विस्तार संस्थाको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *