Sajhamanch Archive

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा काँग्रेसका नेताहरु चीनतर्फ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाली काँग्रेसको केन्द्रीय टोली गएराती चीन गएको छ ।

काँग्रेसका प्रभावशाली नेता तथा पुर्व मन्त्री डा. मिनेन्द्र रिजालको नेतृत्वको १४ सदस्यीय टोली चीन प्रस्थान गरेको हो ।

आउदो असोज दुई गते सम्म हुने कार्यक्रममा सहभागी भएर काँग्रेसको टोली चार गते नेपाल फर्किने भ्रमण तालिका रहेको छ ।

टोलीमा काँग्रेस नेताहरु किशोरसिं राठौर, सरिता प्रसाई, लक्ष्मी परियार, प्रकाश रसाइली, अमरसिंह पुन, रामबहादुर विष्ट, बेदप्रसाद तिमिल्सीना, लक्ष्मी क्षेत्री पाण्डे, गणेश मण्डल, बलदेश तिमिल्सनालगायत रहेका छन् ।

नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई धेरै बोलाउने गरेको चिनिया कम्युनिष्ट पार्टीले यस पटक अनुभव आदान प्रदान र मित्रता बढाउन नेपाली काँग्रेसका नेताहरुलाई बोलाएको हो ।

चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गतको विदेश विभागले निमन्त्रणा गरेर चीन गएका काँग्रेसका नेताहरुसँग उनीहरुले पार्टी निर्माण तथा सञ्चालन र समसामयीक विषयमा छलफल गर्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *