Sajhamanch Archive

अपराध कबुल गराउन यातना

Published: in मिडियाबाट साभार by .

कञ्चनपुर । ‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दोष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो ।

अनुसन्धानका नाममा प्रहरीले शारीरिक र मानसिक अवस्था ठीक नभएका तथा घटनासँग सरोकारै नभएका निर्दोषलाई फसाउन मात्रै खोजेन, बिनाकारण हिरासतमा राखेर यातनासमेत दियो ।

प्रहरीले गरिब र सोझालाई छानी–छानी नियन्त्रणमा लिई चरम यातना दिएर अपराध कबुल गराउन खोजेको पीडित बताउँछन् । डर, धम्की र त्रास देखाएर पटक–पटक बलात्कार र हत्या कबुल गर्न दबाब दिएको उनीहरूको भनाइ छ ।

भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९, बाग्फाँटाका दिलीप विष्टको मानसिक अवस्था पहिले पनि ठीक थिएन । २४ दिनपछि हिरासतमुक्त हुँदा उनको अवस्था झन् बिग्रेको छ । हिरासतमा रहँदा प्रहरीले दिएको यातनाका कारण उनी घरपरिवारका सदस्य देख्दै डराउन थालेका छन् ।

‘उसको जीवन त खत्तम पारिदियो, त्यसै पनि दिमाग ठीक थिएन, अब त झन् सम्हालिसाध्य छैन,’ बुबा कमलसिंहले भने, ‘डराएर मान्छे नजिक आउनै मान्दैन, प्रहरीले निकै यातना दियो भन्छ ।’ दिलीपलाई भदौ ३ गते पक्राउ गरेको प्रहरीले दाबी गरेको छ तर कमल भने २ गते नै लगेको बताउँछन् ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *