Sajhamanch Archive

‘जे भने नि हुन्छ मलाई पैसा लाग्दैन’ :हरिवंश आचार्य (भिडियो)

Published: in टिप्स/जानकारी by .

काठमाडौं ।  वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको ‘जे भने नि हुन्छ मलाई पैसा लाग्दैन’ बोलको गीत सार्वजनिक भएको छ । मह सञ्चार को अफिसियल युट्यूब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

हरिवंश आचार्यको स्वरमा सजिएको गीतको शब्द तथा संगीत पनि आचार्य आफैँले गरेका हुन् । गीतमा जिवित जाल्मीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका हुन् भने दीर्घ गुरुङले म्युजिक भिडियो खिचेका हुन् ।

वरिष्ठ हाँस्य कलाकार आचार्यले अफूलाई कलाकारिता सँगै कुशल लेखकका रुपमा चिनाइ सकेका छन् । उनीद्धारा लिखित पुस्तक चिना हराएको मान्छेलाई पाठकले अत्यन्तै रुचाएका थिए । उनले चलचित्रक्षत्रमा समेत आफ्नो लेखन कौसल प्रस्तुत गरिसकेका छन् । लोभिपापी, फिलिम, राजामति, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नि बद्रीलगायतका कथा उनै वरिष्ठ हाँस्यकलाकार आचार्यले लेखेका हुन् भने उक्त चलचित्रहरुमा मुख्य अभिनयसमेत निर्वाह गरेका छन् । उनीद्धारा लिखत तथा अभिनित चलचित्र सत्रु गतेलाई दर्शकले अत्यन्तै मन पाराएका थिए । चलचित्र सत्रुगते २०७४ सालमा सर्वाधिक सफल व्यापार गर्ने चलचित्र बनेको थियो ।

उनले समाजमा हुने गरेका विकृतीलाई न्युनिकरण गर्ने उद्देश्यकासाथ विभिन्न टेलि श्रृंखलासमेत लेखन तथा निर्माण गरका छन् । लालपुर्जा, पन्ध्र गते, भकुण्डे भूत, हरिबहादुर र मदनबहादुर, ५० र ५०, दशैंको च्याङ्ग्रालगायतलाई दर्शकहरुबाट लोभ लाग्दो साथ मिलेको थियो । श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देश विदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेवापत मदन कृष्ण श्रेष्ठसँगै उनलाई वि.सं. २०४६ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो ।

उनले विभिन्न सन्देश मुलक गीत संगीतमा आफ्नो स्वर दिनुको साथै अभिनयको माध्यमबाट समाज रुपान्तरणका निम्ति अहम भूमिका निर्वाह गर्दै आएका छन् ।

सँधैजसो हाँस्यव्यंग्यबाट दर्शकलाई हँसाउने आचार्यले अहिले यस्तो गीत गाएका छन् हरौँ उनको गीत –

 उज्यालाे

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *