Sajhamanch Archive

पार्टनरलाई कहिले पनि यि कुराहरु नभन्नुहोस्

Published: in रोचक कुरा / टिप्स by .

पुरुष धेरैजसो स्मार्ट बन्ने चक्करमा आफ्नी पार्टनरलाई जे पनि भनिरहेका हुन्छन् । यदि तपाईंलाई आफ्नो सम्बन्धबारे चिन्ता छ र यसलाई दीर्घकालसम्म टिकाइराख्न चाहनुहुन्छ भने केही बोल्नुअघि एकपटक अवश्य पनि सोच्नुहोस् । आज हामी तपाईंलाई यस्ता केही कुरा बताउँदैछौं जुन तपाईं आफ्नी प्रेमिका र श्रीमतीलाई कहिले पनि भन्नु हुँदैन । यस्ता वाक्यांशले तपाईंको सम्बन्धमा फाटो ल्याउन सक्छ ।

१. ‘के तिमी यो सबै खान सक्छौ ?’

धेरैजसो पुरुष आफ्नो महिला साथीसँग बाहिर खान जान्छन् । यस्तो भेटघाटमा महिलाको मुड निकै राम्रो हुन्छ । तर कहिले काँही खाना मगाएपछि ‘के तिमी यो सबै खान सक्छौ ?’ भनेर सोध्ने गर्छन् । तपाईंले केयर गरेरै भन्नुभएको होला तर यस्तो  भनाईले तपाईंकी प्रेमिका वा श्रीमतीको मुड खराब हुन्छ र यसको गलत अर्थ निकाल्नेछिन् । जुन तपाईंहरुबीचको झगडाको कारण बन्न सक्छ ।

२. ‘ओहो, ती महिला निकै राम्री छिन्’

पार्टनर अगाडि हुँदा बिर्सेर पनि अरु महिलाको तारिफ नगर्नुहोस् । तपाईंकी पार्टनर चाहन्छिन् कि तपाईं उनीसँग हुँदा उनको मात्रै तारिफ गर्नुहोस् ।

३. ‘तिमी तिम्रो आमाले जस्तै कुरा गरिरहेको छौ’

यस्ता आशय निस्कने कुनै पनि वाक्यको प्रयोग नगर्नुहोस् । पार्टनरको तुलना कहिले पनि उनकी आमा, दिदी बहिनी वा साथीसँग नगर्नुहोस् किनभने हरेक आफ्नो अलग पहिचान चाहन्छन् ।

४. ‘मेरी पूर्व प्रेमिका त यस्तो गर्दिनथिन्’

यस्तो भन्ने गल्ती त गल्तीपूर्वक पनि नगर्नुहोस् । पूर्व प्रेमिकाको तारिफले तपाईंको अहिलेको सम्बन्ध टुङ्गिन सक्छ ।

५. आइ लभ यूः

यी तीन शब्दको प्रयोग कहिले पनि नगर्नुहोस् यदि तपाईं मनबाटै यसो भनिरहनुभएको छैन भने । युवतीलाई निकै सजिलै थाहा हुन्छ कि तपाईंले कहिले वास्तविक रुपमा नै आइ लभ यु भनिरहनुभएको छ र कहिले झगडा वा परिस्थितीबाट भाग्नका लागि यसो भन्दै हुनुहुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *