Sajhamanch Archive

अनमोल केसीकी आमा सुस्मिता फेरि बिहे गर्दै !

Published: in टिप्स/जानकारी by .

काठमाडौं । अभिनेता भुवन केसीसँग सम्बन्ध विच्छेद गरेकी अभिनेत्री तथा आधुनिक पुस्ताका चलेका अभिनेता अनमोल केसीकी आमा सुस्मिता बम्जन फेरि बिहे गर्ने तयारीमा छिन् ।

सामाजिक सञ्जालमार्फत उनले आफु बिहे बन्धनमा बाँधिन लागेको खुलासा गरेकी छन् । त्यतिमात्र होइन, उनले हुनेवाला अस्ट्रेलियाली व्यापारीसँग चुम्बन गरेको तस्बिर सार्वजनिक गर्दै ‘इन्गेजमेन्ट’ गरेको जानकारी पनि दिएकी छन् ।

सुस्मिताले सेप्टेम्बर ९ मा सिंगापुरमा उक्त अष्ट्रेलियाली नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी थिइन् । किलन अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको ‘के इन्ड एस वेल्डिङ ग्यास सप्लाई समिति’का निर्देशक हुन् ।

उनै स्वामीसँग उनको फिजीमा बिहे हुनेछ । जसमा सुस्मिताका छोरा अनमोल केसीको पनि सहमति रहेको बताइएको छ ।

अभिनेता भुवनसँग सुस्मिताले नौ बर्षअघि सम्बन्ध विच्छेद गरेकी थिइन् । त्यसअघि नेपाली फिल्ममा उनलाई भुवनले नै ल्याएका थिए । करोडपति, नेपाली बाबु, सुपरस्टारलगायतका नेपाली फिल्ममा पत्नी सुस्मितासँग भुवनले फिल्म खेलेका थिए ।

नेपाली फिल्मको मुलधारबाट अलग्गिएकी सुस्मिता पछिल्लो समय ‘प्रेमगीत’ निर्माता सन्तोष सेन, निर्माता सुनिल रावलको समूहसँग नजिक छिन् । सोही निकटताका कारण सुदर्शन थापालगायतका टोलीसँग उनको मनमुटाव भएको बताइन्छ ।

सुस्मिता पछिल्लो समय नेपाली फिल्मकर्मीका विषयमा आएका समाचारलाई लिएर पनि बारम्बार विवादमा आउने गरेकी थिइन् । उनले उत्सव रसाइलीलाई गालीगलौज गरेवापत विवादमा तानिएकी थिइन् ।

मदिराबिना बस्नै नसक्ने सुस्मिताले केही समयअघि सामाजिक सञ्जाल फेसबुुकमा लेखेकी थिइन्,‘मलाई खाली अर्काको बुढा मनपर्छ !’ उक्त विषयमा पनि उनी विवादमा तानिएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *