Sajhamanch Archive

श्रीमानद्वारा श्रीमतीको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पोखरा । गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

गत बुधबार तिजका दिन सुलिकोट ४ सौरपानीस्थित रन्चोकका ३७ वर्षका टेकबहादुर विकले ३३ वर्षकी कुमारीलाई काठ तास्ने रन्दाले टाउकोमा हानेर हत्या गरेको वडा अध्यक्ष भीमबहादुर गुरुङले टेलिफोनमा जानकारी दिए। ‘बुढीचाहिँ बुँगुरलाई दाना दिइरहेकी थिइन् रे’ वडा अध्यक्ष गुरुङले भने, ‘पछाडिपट्टिबाट आएर एक्कासि बुढीलाई रन्दाले टाउकोमा हानेछ।

गाउँमा हल्ला भयो। तत्कालै मेडिकल लैजान स्टेचरमा हालेर लैजाँदै गर्दा बाटैमा सास गएछ।’ श्रीमतीको हत्या आरोपमा विकलाई इलाका प्रहरी कार्यालय जौबारीले पक्राउ गरी थप अनुसन्धानका लागि गोरखा ल्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए। विकविरुद्ध शुक्रबार कर्तव्य ज्यानअन्तर्गत मुद्‍दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको नेपालले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *