Sajhamanch Archive

काठमाडौं उपत्यकामा यसरी चल्ने भयो रेल, चीनसँग भयो सम्झौता

Published: in राष्ट्रिय समाचार by .

काठमाडौ । काठमाडौं उपत्यकामा तीन वर्षमा मोनोरेल सञ्चालनमा आउने भएको छ ।

मोनोरेल सञ्चालन गर्नेबारे काठमाडौं/ललितपुर महानगरपालिका र चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) बीच प्रारम्भिक सम्भाव्यता प्रतिवेदनमा हस्ताक्षर भएको छ । मेयरद्वय विद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन र सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच बिहीबार हस्ताक्षर भएको हो ।

१ खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनोरेलका लागि आवश्यक संरचना ३ वर्षमा निर्माण गरिने सम्झौता भएको छ । चीनको कम्पनीले बनाएर केही समय चलाएर हस्तान्तरण गर्ने सहमति भएको छ । तीन चरणमा निर्माण गर्नेगरी सम्झौता भएको काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

६ महिनामा डिपिआर बन्ने, त्यसको ६ महिनापछि काम सुरु गर्ने र त्यसपछिको ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । १७ वटा स्टेसन रहने मोनोरेल प्रतिघन्टा १०० किलोमिटर गतिमा गुड्नेछ । जुन एक पटकमा ३ हजार यात्रु बोक्ने क्षमताको रहनेछ ।

मोनोरेल प्राविधिक, भौगोलिक, वातावरणीय र आर्थिक रुपमा सम्भाव्य देखिएको छ । कोटेश्वर–कलंकी, कलंकी–महाराजगन्ज र महाराजगन्ज–कोटेश्वर खण्ड गरी तीन चरणमा संरचना निर्माण हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *