संघिय समाजबादी फोरमका उपाध्यक्ष र सचिव सहित ४ जना परित्याग गरी नेकपामा प्रवेश
Published:
by .
फिदिम । संघिय समाजबादी फोरमका उपाध्यक्ष र सचिव सहित ४ जना पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
वर्तमान रानीतिमा संघिय समाजबादी फोरमले उठाँउदै आएका जातिय मुक्ति, बर्गीय मुक्तिको मुद्धालाई हाल आएर क्षेत्रिय भुगोलमा सिमित बनाएको भन्दै सैद्धान्तिक र बैचारिक विषयलाई नेता नेतृत्वमा आधारित रुपान्तरण गरिएको आरोप लागाएका छन् ।
पार्टी परित्याग गर्नेहरुमा ससफोका पाँचथर जिल्ला उपाध्यक्ष विर्खबहादुर बाइबा, सचिव सन्तोष शेलिङ र जिल्ला सदस्यहरु गजेन्द्र आङ्देम्बे र जयविक्रम चेम्जोङ रहेका छन् ।
उनीहरुले फोरमले पार्टी संगठन विधि पद्धति भन्दा नेतामुखिमा आधारित भएको आरोप समेत लगाएका छन् । जनताको अमन चयनको प्रत्याभुति पार्टीबाट नदेखिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेको बताइएको छ ।
Comments