Sajhamanch Archive

नारी सञ्चारलाई मिलनसारको सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । नारी संचार गृह झापाले महिलाहरुको हकहितका लागि काम गर्ने उद्देष्यले सुरु गरेको ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषका लागि विर्तामोडस्थित मिलनसार बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ ।

नारी संचार गृहको लक्ष्यलाई सम्मान गर्दै मिलनसार सहकारीले नगद ६ हजार पाँचसय रुपैयाँ सहयोग प्रदान गरेको हो ।

सहकारीको नवौ बार्षिक साधारणसभामा नारी संचारगृहकी उपाध्यक्ष भीमा शिवाकोटीसहितको टिमलाई संस्थाका अध्यक्ष लक्ष्मी बाँस्कोटाले नगद हस्तान्तरण गरेका थिए ।

मिलनसार सहकारी संचारगृहको लक्ष्य र उद्देष्यको सम्मान गर्दै अक्षयकोषका लागि रकम सहयोग गर्ने नीजि क्षेत्रबाट संस्थागत रुपमा पहिलो संस्था भएको छ ।

यसैबीच सोही कार्यक्रममा सहभागी मिलनसारका सहकारीका सल्लाहकार बसन्तराज भण्डारीले नारी संचारगृहको अक्षयकोषका लागि १० हजार सहयोग गर्ने घोषणा गरेका थिए । सल्लाहकार राजभण्डारीले नारी संचारगृहको अक्षयकोषको लक्ष्यले मन खिचेको भन्दै सहयोगको घोषणा गरेका हुन् ।

अक्षयकोषको स्थापना गरी उक्त कोषको ब्याजबाट संचार गृहले विशेष गरी महिला लक्षित महिला शसक्तिकरण, क्षमता अभिबृद्धि, प्रोत्साहन लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

मिलनसार सहकारीले महिला संचारकर्मीले राखेको लक्ष्य प्राप्तीका लागि गरेको सहयोगको सरहाना गर्दै नारी संचारगृहले धन्यवाद दिएको थियो । सो अवसरमा संचारगृहका सचिव रेजिना गौतम, सहसचिव स्वस्तिका आचार्य, कोषाध्यक्ष शुशिला संग्रौला सदस्य चन्दा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *