Sajhamanch Archive

समृद्धि उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी अधिकारी सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । समृद्धि उत्कृष्ट पत्रकारिता पुरस्कारबाट साझा मञ्च डट कमका संवाददाता द्रोण अधिकारीलाई पुरस्कृत गरिएको छ ।

भद्रपुर स्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ५ ले स्थापना गरेको सो पुरस्कार नगद ५ हजार एक सय सहित सम्मान पत्रले अधिकारीलाई सम्मानित गरिएको हो । २०६२ सालबाट झापालाई कर्म क्षेत्र बनाएर पत्रकारिता गरिरहेका अधिकारी नयाँ सन्दर्भ साप्ताहिक भद्रपुरका कार्यकारी सम्पादक तथा प्रतिदिन दैनिकका उपसम्पादक, पाथिभरा एफएम दमकका समचारदाताका रूपमा कार्यरत छन् ।

कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । यसैगरी सोही कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट नगद ३ हजार सहित रूविना सुब्बा, बचत कारोवार सम्मान नरबहादुर तामाङ, ऋण कारोवार सम्मान लीलादेवी चौधरी, बाल बचत सम्मान आयुषाकुमारी भगत लगायतलाई सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारी शाखा भद्रपुरका प्रमुख वशिष्ठ अधिकारी, नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष पौडेलले वार्षिक नीति तथा कार्यक्रम समेटेर ६८ लाख ९५ हजार शेयर पूजी सहित ३ करोड ११ लाख ७ हजार ५० रुपैयाँको वार्षिक आय व्यय सहितको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *