Sajhamanch Archive

रसुवाको पहिरोमा परी दुई जनाको मृत्यु,

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको अडिट २ मा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति ९ बजे आयोजनाको अडिट २ मा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुमको भूमे गाउँपालिका–२ का ४८ वर्षीय भिम रोक्का र मकवानपुरको हेटौंडा–११ का २२ वर्षीय रमेश कर्पौला रहेका छन् ।

पहिरोमा परी गम्भीर घाईते तीन जनालाई उपचारका लागि रातीनै काठमाडौं ल्याइएको छ ।

एक जनाको भने जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ ।

पहिरोमा परेका अन्य ४ जना भने स्वास्थ्य चौकी टिमुरेमा सामान्य उपचारपछि घर फर्किएको रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *