Sajhamanch Archive

मौलिक हकबारेको विधेयकहरु पारित गर्ने प्रक्रिया जारी

Published: in राष्ट्रिय समाचार by .

मौलिक हकसम्बन्धी कानुन बनाउने समयसिमा सकित दुई दिन मात्र बाँकी रहँदा संघीय संसद्का दुवै सदन त्यसैमा केन्द्रित भएका हुन् ।

केही समयपछि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट आएका अपराध पीडित संरक्षण विधेयक र बालबालिकासम्बन्धी विधेयक पारितको प्रक्रिया सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

दुवै विधेयकमाथि संशोधन दर्ताका लागि बिहान साढे १० बजेसम्मको समय प्रदान गरिएको थियो ।

नियमित प्रक्रियामा जाँदा ढिलाई हुने भएपछि नियम निलम्बन गर्दै फाष्ट ट्रयाकबाट प्रक्रिया अघि बढाइएको हो ।

प्रतिनिधिसभाले २ दिनमा १३ विधेयक पारित गरिसकेको छ ।

यसैबीच राष्ट्रियसभाको आज बस्ने बैठकले प्रतिनिधिसभाबाट आएका विधेयक पारित गर्दैछ ।

बैठकमा हिजो प्रतिनिधिसभाबाट आएका ७ विधेयक पारितको पक्रिया अघि बढ्ने सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाबाट आएका विधेयकमाथिको संशोधन दर्ता गराउने समय विहान साढे १० बजेसम्म समय दिइएको थियो ।

सो समयभित्र परेका संशोधनसँगै विधेयक पारितको प्रक्रिया अघि बढ्नेछ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *