Sajhamanch Archive

बुबाको उपचारका लागि विद्यार्थीहरुद्वारा साथीलाई सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका ४ स्थित फोनिक्स इङ्गलिस स्कुलका विद्यार्थीहरु एक कार्यक्रमको आयोजना गरी आफ्ना साथीलाई सहयोग प्रदान गरेका छन् ।

कक्षा ७ मा अध्ययनरत साथी सिविया तामाङ्गका बुबा चन्द्रविर तामाङ्गको मृगौला खराब भएकोले उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले १० हजार र शिक्षक र विद्यार्थीबाट १३ हजार गरी जम्मा २३ हजार रुपैया विद्यालय फाउण्डर प्रिन्सिपल बद्री राईले सिवीयालाई प्रदान गरेका हुन् ।

कार्यक्रमा विद्यालयबाट २०७४ सालको एसईई परीक्षामा ए प्लस ल्याउने विद्यार्थी निराजन कोईराला र कैलाश कुरुवाङ्गलाई समेत प्रमाण पत्रका साथै नगद ५ हजार बाट सम्मान गरिएको विद्यालयले जनाएकोे छ ।

विद्यार्थीले कार्यक्रमा विभिन्न विधामा आ– आफ्ना प्रस्तुति दिएका थिए । जसमा गायन, नृत्य, कविता बाचन प्रस्तुत गरेका थिए । कार्यक्रम पुजन दाहाल र हेली राईले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *