Sajhamanch Archive

२०० रुपैयाँ ऋणले एक वर्ष जेल चलान

Published: in मिडियाबाट साभार by .

जनकपुर । धनुषाका एक दलितले महाजनलाई २०० रुपैयाँ ऋण तिर्न नसक्दा एक वर्षको लागि जेल चलान गरिएको छ।

जनकपुर उपमहानगरपालिका–१८ कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग (खत्वे) आइतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेको छ। ‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी गरेका थिए।

पछि नागरिकता प्रमाणपत्र देखाए पछि, बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे।’ खंगसँगै अदालत पुगेका सोही गाउँका कुशेश्वर मेस्तरले जानकारी दिए। मेस्तरका अनुसार– खंगलाई जिल्ला अदालत पुर्‍याउन गाउँका सात जना दलितसँगै आएका थिए– ‘हामी स्नान पूजा गरी गाउँको शिवमन्दिरमा भेला भयौं।

भगवान शिवलाई साक्षी राखी सीधा जिल्ला अदालत पुगेर खंगलाई आत्मसमर्पण गरायौं।’ ‘२०० रुपैयाँ नतिरेको कारण जेल जानु परेको पहिलो घटना होला। दलितमाथिको अन्याय कहिले अन्त्य होला।’ कुशेश्वर मेस्तरले भने। पत्रकार महासंघ धनुषाको विद्यापति चौकस्थित कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजन गरी खंगले आफू आत्मसमर्पण गर्न लागेको जानकारी गराएका थिए।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *