Sajhamanch Archive

चिनिया अधिकारीहरु भन्छन्ः ५ बर्ष भित्र काठमाडौंमा रेल पुग्छ

Published: in मिडियाबाट साभार by .

काठमाडौं । चिनसंग रेलमार्ग जोडिने विषय नेपालीकालागि मजाकको बिषय बनिरहेको बेला चिनिया अधिकारीहरुले भने यसलाई उच्च प्राथामिकतामा राखेर काम भै रहेको बताएका छन् ।

तिब्बत जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष तथा बाह्रय सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले नेपालसंग रेलमार्ग जोड्न चीन सरकारले उच्च प्राथामिकताका साथ काम गरिरहेकाले ५ बर्ष भित्र काठमाडौंमा रेल पुग्ने बताएका छन् ।

ल्हासामा सम्पन्न चौथो नेपाल, चीन– तिब्बत पर्यटन तथा सांस्कृतिक एक्सपोमा सहभागी आउनु भएका उपाध्यक्ष चु ले प्राकृतिक रुपमा केही अप्ठेराहरु हरेपनि केरुङ हुदै काठमाडौँसम्म रेल पु¥याउन ५ बर्ष लाग्ने बताए ।

उपाध्यक्ष चु ले नेपालले चीनसंगको सिमासम्म सडक सञ्जाललाई विस्तार गर्नुपर्ने उल्लेख गर्दै सिगात्सेको रेल केरुङ हुदै काठमाडौँ पुर्‍याउन उच्च प्राथामिकताका साथ काम गरिरहेको बताए ।

उनले भने, – तिब्बतले नेपाल हुदै दक्षिण एसियासम्म रेलमार्ग जोड्न चाहेको छ त्यसैले काठमाडौँसम्म तत्कालै रेल पुर्‍याउने कुरा हाम्रो उच्च प्राथामीकतामा छ ।

चीन सरकारले नेपाल हुदै भारत, पाकिस्तान, भुटान जस्ता हिमालसंग जोडिएको मुलुकमा बेल्ट एण्ड रोड (बिआरआई) को अवधारणा अघि सारेको छ । -नेपाल समाचारपत्र दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *