Sajhamanch Archive

बुधबारे जेसीजको सप्ताह कार्यक्रम सुरु

Published: in विविधा by .

बुधबारे । बुधबारे जेसीजले असोज १ गते देखि जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ ।

जेसीज सप्ताहको पहिलो दिन सचिवालयमा नेपालको राष्ट्रिय झण्डा र जेसीज झण्डा फहराएर सुरु गरेको हो ।

जेसीजले आदर्श माविका विद्यार्थीहरुलाई उद्घोषण तालिम तथा बुद्धशान्ति प्रवेशद्धारका रुपमा रहेको मेची राजमार्ग अन्तर्गत मेचीनगर र बुद्धशान्तिको सिमाना धाइजन मोड तथा अर्जुनधारा र बुद्धशान्तिको सिमाना जयपुर शनिश्चरे सडक खण्डको खतिवडा चोकमा स्वागत वोर्ड राखिएको छ ।

जेसीज सप्ताहमा बुधबारे जेसीजले विभिन्न कार्यक्रमको आयोजना गर्ने बुधबारे जेसीजका जेसी अनिल वाग्लेले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *