Sajhamanch Archive

राजसंस्थासहितको लोकतन्त्र आवश्यक छ : अध्यक्ष थापा

Published: in राजनीति by .

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको लोकतन्त्रको विकल्प नरहेको दाबी गरेका छन  बताए ।

अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना नगरेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको तर्क समेत गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय कार्य समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले वर्तमान मुलुकको समस्या कम्युनिष्ट र कांग्रेस दुवै दलले लिएको गलत नीतिका कारण भएको दाबी गरे ।
अध्यक्ष थापाले नागरिकको अपेक्षा पूरा गर्न राजसंस्थासहितको लोकतन्त्र अनिवार्य रहेको पार्टीको अडानमा ढिलै भए पनि सबै राजनीतिक दल सहमत हुने दाबीगरे  ।
उहाँले मुलुकमा विद्यमान संकट सरकारको असक्षमताका कारण नभई व्यवस्थाको कारण भएको बताउनुभयो ।अध्यक्ष थापाले पार्टी छिट्टै मुलुकको राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा उदाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीलाई गतिशील बनाउन पार्टीका नेता, कार्यकर्तालाई गतिका साथ अघि बढ्न पनि निर्देशन गरे ।
२ दिनसम्म चल्ने केन्द्रीय कार्य समिति बैठकमा पार्टीको भावी कार्यदिशाको बारेमा व्यापक छलफल हुने राष्ट्रिय प्रजातन्त्र पाटीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *