Sajhamanch Archive

झापा गाउँपालिका खुल्ला दिशामुक्त घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । झापाको पश्चिम दक्षिण झापा गाउँपालिका खुला दिसामुक्त घोषित गरिएको छ । जिल्ला सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले गाउँपालिकाका अध्यक्ष जयनारान शाहलाइ्ृ स्वच्छताको प्रमाण पत्र प्रदान गर्दै खुला दिसामुक्त घोषणा गरेका हुन् ।

७ हजार ३९ घर धुरी रहेको सो गाउँपालिकामा ९५ प्रतिशत बढी घरमा चर्पी निर्माण भएपछि खुला दिसामुक्त घोषणा गरिएको हो । विकट तथा सिमान्तकृत बस्ती भएको सो गाउँपालिकाको स्तर बृद्धि गर्न जनप्रतिनिधिहरुले उल्लेखनीय भूमिका खेलेको भन्दै जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले प्रसंसा समेत गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष जयनारान शाहको अध्यषता तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रेडक्रस झापाका सभापति लोकराज ढकाल, वडाध्यक्ष नेत्र खड्का, नेपाली काँग्रेसका शिव कँडेल, नेकपाका गजेन्द्र ताम्ली, सरसफाई अभियानका अभियन्ता विनोद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *