Sajhamanch Archive

विषाक्त रक्सीले मलेसियामा ४ नेपालीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । विषाक्त मादक पदार्थ सेवन गर्दा मलेसियामा ४ जना नेपालीको मृत्यु भएको छ । उक्त मादक पदार्थको सेवनले अन्य विभिन्न देशका ११ जनाको पनि मृत्यु भएको मलेसियन प्रहरीले पुष्टि गरेको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ४ नेपालीको मृत्यु भएको हो । मृत्यु हुने अन्यमा एक मलेसियन, एक भारतीय र एक बंगलादेशी नागरिक रहेका छन् । हालसम्म सात जनाको मात्र पहिचान खुलेको छ भने बाँकी ८ जनाको पहिचान नभएको मलेसियन प्रहरीलाई उदृत गर्दै पोर्टल द स्टारले जनाएको छ ।

सो रक्सी सेवनबाट १५ नेपालीसहित ३३ जना गम्भीर विरामी परेका र उनीहरुको उपचार भइरहेको छ । विरामी पर्नेहरुको १९ जनाको मात्र परिचय खुलेको र जसमा १५ जना नेपाली, २ मलेसियन र २ बंगली नागरिक रहेका छन् । प्रहरीले उनीहरुले पिएको मादक पदार्थमा विष मिसाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *