Sajhamanch Archive

लखेट्दै लगेर बलात्कार

Published: in मिडियाबाट साभार by .

काठमाडौं । चारजना किशोरकिशोरी अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा रहेकी दिदीको घरमा हिंडे । उनीहरु १२ देखि १५ वर्ष उमेर समूहका थिए। हिंडिरहेका बेला ट्याक्ट भेटेपछि त्यसमै चढे ।

पहिरोका कारण ट्याक्टर गन्तब्यमा पुग्न सकेन। ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका–६ घारमा धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो। ठाउँ एकान्त थियो। रात परिसकेकाले उनीहरु अलमलमा परे। बास खोज्दै गर्दा गाँजारचुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नवीन परियारको नजर १५ वर्षे किशोरीमाथि पर्यो।

उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्क्याउँदै हातपात गर्न खोजे। आक्रमण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएको बाटो भागे। युवाले भवानीथानसम्म लखेटे। भाग्दै गरेकी १५ वर्षीया किशोरीलाई मुख थुन्दै एकान्ततिर लगे । बत्तीको उज्यालोले बाँकी तीन बालबालिकामा साहस आयो। उनीहरु स्थानीयको घरमा पुगे। रातको समयमा रुँदै कराउँदै आएका अपरिचित किशोरकिशोरी देखेपछि स्थानीय लीलबहादुर खड्काले सोधीखोजी गरे।

उनीहरुले आफूहरुमध्येकै एक जनालाई तीनजनाले मुख थुनेर अपहरण गरी लगेको बताए। त्यसपछि अरु स्थानीय भेला भए र बालिका खोज्दै हिंडे। उनीहरुले सडक मुनीको एक खाली गोठमा बालिका रोएको सुने। उनीहरु त्यहाँ पुग्दा बालिका बलात्कृत भइसकेकी थिइन। तीनजना मध्ये नवीन र अर्जुन भागेको स्थानीयले देखे। तत्काल घार प्रहरीमा खबर गरे। प्रहरीले बालिका उद्धार गरी चौकी लैजाने क्रममा बाटोमै बलात्कारमा संलग्न युवालाई पक्राउ गरी चौकी पुर्यायो। ‘आफ्नै छोरी उमेरकी बालिका अपहरण परेको सुनेपछि छिमेकीहरु बोलाई खोज्न जाँदा बालिका बलात्कार भइसकेकी थइन्’ स्थानीय लिलाबहादुरले भने।
कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *