Sajhamanch Archive

काठमाडौं–तराई फास्ट ट्रयाक : सेनाले माग्यो थप पाँच अर्ब

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्र्याकअन्तर्गत दुई अतिरिक्त सुरुङ गर्न र विस्तार गर्न प्रस्ताव अघि सारेको छ।

कमजोर भौगोलिक अवस्था र कान्ति राजपथसँगको मार्गरेखा मिलाउन भन्दै सेनाले सुरुङ थप्न प्रस्ताव गरेको हो। महादेवटारदेखि भद्रेसम्मको सुरुङ ३.३ किलोमिटर विस्तार गर्नुपर्ने तथा भद्रेबाट जितपुरसम्म १.३७ किमि र लेनडाँडामा १.४ किमि अतिरिक्त सुरुङ निर्माणको प्रस्ताव सेनाले ल्याएको हो।

७६ किलोमिटर फास्ट ट्रयाकको ६.३ किलोमिटर सुरुङ थप्दा नक्सांकन जटिल हुने भएको छ भने लागतसमेत बढ्ने भएको छ। एबीडीको सम्भाव्यता अध्ययनमा महादेवटारदेखि भद्रेसम्म १.३५ किलोमिटर मात्र सुरुङ बनाउने उल्लेख छ। ४.७२ किलोमिटर एक अर्बका दरले पाँच अर्ब रुपैयाँ लागत बढ्ने भएको छ। यी प्रस्तावबारे बोलपत्र आह्वान गरिसकिएको छ।
नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *