Sajhamanch Archive

नङ फुल्नुको कारणहरु यस्ता छन्

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

नङ फुलेको देख्दा हाम्रो गाउँघर तिर नयाँ लुगा लाउन पाइन्छ भन्ने अन्ध विश्वास छ । नङ फुलेको हामीले देखिरहने भएता पनि आखिर यो के कारणले हुन्छ भन्ने कुरा हामी जान्न खोज्देनौं । नङ फुल्नु हाम्रो शरीरमा हुने विभिन्न परिवर्तनको संकेत हुन्छ । जसलाई हामीले बुज्नु निकै जरुरी हुन्छ । मान्छे स्वास्थ्य रहेको वा नरहेको हामी नङको माध्यमबाट पनि छुट्टाउन सक्छौं । त्यसैले नङ फुल्नुलाई हामीले सामान्य रुपमा लिनु हुदैन ।

नङ फुल्नुको प्रमुख कारणहरु यस्ता छन् :

१) नङमा चोट : कहिलेकाँही हाम्रो नङ ढोका वा झ्यालमा च्यापिने गर्छ । यसले गर्दा हाम्रो नङमा सेतो दाग बस्छ । त्यस्तै नङको तल्लो भागमा चोट लाग्दा पनि सेतो दाग बस्ने गर्छ । नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ ।

२) एलर्जी : नङलाई सुन्दर बनाउनको लागी विभिन्न खालको नेलपोलिसको प्रयोग गर्ने गरिन्छ । यसमा हुने विभिन्न रसायनले नङमा एलर्जी ल्याउँछ र सेतो दाग बस्छ । यसले नङको भित्रि छालामा पनि असर पुर्याउँछ ।

३) जिंकको कमी : शरिमा पोषण तत्वको कमी हुँदा पनि हाम्रो नङ फुल्ने गर्छ । जिंकको कमी हुनाले हाम्रो नङ फुलिरहने गर्छ । त्यसैले यदी तपाईको नङ फुलेको छ भने जिंकयुक्त खानेकुराहरु खानुहोस ।

४) प्रोटिनको कमी : प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउछ । यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ । तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउछ । यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ ।

५) क्यल्सियमको कमी : क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउछ । तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस ।

६) गम्भीर रोगको लक्षण : धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुनसक्छ । त्यसैले यदी तपाईको नङ निरन्तर फुलिरहन्छ भने एक पटक जाँच गराउनु पर्छ । जसले गर्दा तपाईलाई तपाईको नङ के कारण फुलेको हो भन्ने कुराको जानकारी हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *