Sajhamanch Archive

खुलासा भयो, धुन्धुकारी ‘विप्लव’ र ‘प्रकाण्ड’ को यस्तो कर्तुत्,

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशैभरि चन्दा आतंक मच्चाएको एकएक प्रमाण फेला परेको छ ।

भूमिगत शैलीमा आफ्ना गतिविधि गर्दै आएको नेकपाले करोडौँ रुपियाँ चन्दा संकलन गरेको रहस्य बाहिरिएको हो । चन्दा संकलन गर्ने जिम्मेवारी पाएका नेकपाका प्रवक्ता एवम् दोस्रो वरीयताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेपछि रहस्य खुलेको छ ।

प्रकाण्ड झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् । उनलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्धा पर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रकाण्डलाई छाड्न आदेश दिँदै आएका छन् ।

यद्यपि, प्रहरीले प्रकाण्डलाई पुनः पक्राउ गरेर देशका विभिन्न स्थानमा भएका हत्या, बम विस्फोट, चन्दा आतंक, आगजनी आदिको अभियोगमा अनुसन्धान गर्दै आएको छ ।
‘प्रकाण्ड’सँग प्रहरीले फेला पारेको डायरीमा चन्दा दिने व्यक्ति र समूह तथा रकम उल्लेख रहेको स्रोतले जनाएको छ ।

प्रहरीले प्राप्त गरेको सो डायरी सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । ‘प्रकाण्ड’को गोप्य डायरीमा मुख्य आर्थिक सहयोगी भनेर उल्लेख गरिएको छ ।

‘विप्लव’ नेतृत्वको नेकपालाई अमर रायमाझीले ५ लाख, राजेश खड्काको जेम्स स्कुलले २० लाख, काठमाडौं मेडिकल कलेजले १५ लाख, प्रसादी एकेडेमीले १० लाख, नाइटिंगेल स्कुलले ५ लाख र हेली एभेरष्टले १० लाख रुपियाँ चन्दा दिएको ‘प्रकाण्ड’को डायरीमा उल्लेख छ ।

त्यसैगरी निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख, सेभेन समिट टुर्स एण्ड ट्रभल्सले ५ लाख, औषधि माफिया विशाल पण्डितले ५ लाख, सुरेन्द्रबहादुर सिंहले १ करोड, ग्लोबल (बैंक वा समूह के हो नखुलेको)ले २० लाख, नोबेल मेडिकल कलेजले १५ लाख, रामबहादुर धितालले १ करोड, क्यासिनो किङ किशोर सिलवालले १ करोड, युनिाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठले २५ लाख, म्यानपावर व्यवसायी रघु पुरीले १५ लाख र सुरेन्द्र अधिकारीले १० लाख ‘विप्लव’को नेकपालाई चन्दा दिएका छन् ।

हेटौँडामा सञ्चालित चिनियाँ लगानीको शिवम् सिमेन्टले १५ लाख, मारुती सिमेन्टले ५ लाख, अनिल अग्रवालले ५ लाख, दाङको सोनापुर सिमेन्टले ३ लाख, दाङकै घोराही सिमेन्टले ५ लाख, एनबी ग्रुपले ३ लाख, गोल्छा अर्गनाइजेशनले ३ लाख, बुटवल पावर कम्पनी लिमिटेडले १ लाख, ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख, सुवास श्रेष्ठले १ लाख, सुवास श्रेष्ठले १ लाख निष्टका माधव बरालले ५ लाख, डाक्टर कनौडियाले १ लाख, सिर्जना राणाले १ लाख, रामेश्वर अर्यालले १ लाख, अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जीवविक्रम राणाले ३ लाख चन्द नेकपालाई दिएको ‘प्रकाण्ड’को डायरीमा उल्लेख रहेको छ ।

नेकपाका महासचिव ‘विप्लव’ले संविधानभित्र रहेर गतिविधि गर्दै आएको दाबी गरेका छन् । तर, निर्वाचनका बेला विप्लवको पार्टीले बम पड्काउँदा दुई दर्जनभन्दा धेरै व्यक्ति घाइते भएका छन् । केही व्यक्तिले ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *