Sajhamanch Archive

संविधानले सबैको संरक्षण गरेको छ : मुख्यमन्त्री राई

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्बद्र्धन गरेको बताएका छन् ।

संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति, प्रदेश नं १ विराटनगरद्वारा आज शहीद रङ्गशालामा आयोजित भव्य समारोहमा उहाँले सो कुरा बताएका हुन् ।
उहाँले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हितको प्रवद्र्धन र पैरवीका लागि छुट्टै व्यवस्था संविधानमा भएको जानकारी दिँदै सामाजिक न्याय प्राप्तिका दिशामा संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

मूल समारोह समितिको संयोजकसमेत रहनुभएका मुख्यमन्त्री राईले प्रदेशवासी जनताको विकास र समृद्धि, सुशासन र सम्मानको चाहनालाई मूर्तरुप दिन प्रदेश सरकार संवेदनशील रहेको उनको भनाई थियो ।

सो अवसरमा प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङको पनि उपस्थिति थियो । कार्यक्रमको प्रारम्भमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल, खेलाडी, बाल क्लब, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था, विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *