Sajhamanch Archive

पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । जर्मनीमा संसारकै सबभन्दा पहिलो हाइड्रोजन ट्रेनले सेवा दिन शुरू गरेको छ ।  अहिले यो रेल दुई शहरबीचको सय किलोमिटरको दूरीमा चल्नेछ ।

फ्रान्सको रेल कम्पनी अल्स्टोमले यसलाई बनाएको हो । ट्रेनमा फ्युल सेल लगाइएको छ जसले हाइड्रोजनलाई अक्सिजनसँग मिसाएर ऊर्जा उत्पन्न गर्छ ।

यसबाट पानी र बाफ मात्र उत्सर्जन हुन्छ । यो वातावरणमैत्री रेलले एकचोटिमा हजार किलोमिटरसम्मको यात्रा गर्छ । यसको अधिकतम गति १४० किलोमिटर प्रतिघन्टा छ ।

अहिले यो प्रविधिबाट चल्ने ट्रेन डिजेलले चल्नेभन्दा महंगो छ । तर अल्स्टोमका अनुसार, एकचोटि किनेपछि यसलाई चलाउने खर्च लगातार कम हुन्छ ।

अल्स्टोमका सीईओ हेनरी लफार्जले उद्घाटनको अवसरमा संसारको पहिलो हाइड्रोजन ट्रेन व्यापारिक सेवामा आएको बताए ।

अन्य देशमा पनि यसको माग छ । बेलायत, नेदरल्इान्ड्स, डेनमार्क, नर्वे, इटली र क्यानडाले यसमा चासो देखाएका छन् ।

यो ट्रेनका लागि अहिले कुक्सहेवन र बर्मवेर्दे शहरमा रिफ्युलिङ सेन्टर राखिएको छ । इन्धन हाल्नका लागि स्टेसनमा ४० फीट अग्लो स्टील कन्टेनर छ जसबाट हाइड्रोजनलाई पाइपमार्फत पु–याइनेछ । दुई वर्षभित्र इन्धन आपूर्तिका लागि हाइड्रोजन फ्युल स्टेसन पनि राखिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *