Sajhamanch Archive

चालकको आन्दोलनका कारण चलेनन् सार्वजनिक यातायात

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर  । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण सार्वजनिक यातायात ठप्प भएको छ ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा प्रदेशका सबै जिल्लामा बन्दको प्रभाव परेको छ । सार्बजनिक सवारी साधन कुनै पनि चल्न सकेका छैनन् ।

सार्वजनिक सवारी चलाउँदै आएका चालकले मंगलवारदेखि सवारी नचलाउने घोषणा अनुरुप सबै सवारीसाधन ठप्प भएको हो । ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभएसम्म यातायात नचलाएर साँचो नबोक्ने जनाउँदै आएका थिए ।

सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको वर्तमान कानून सरकारले संशोधन नगरेसम्म सवारी नचलाउने चालकको माग छ । वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्म कैदसम्मको फैसला गर्ने व्यवस्था गरेकोप्रति उनीहरूले आक्रोश पोख्दै आएका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *