Sajhamanch Archive

संविधान दिवस : ‘नगरभित्र रहेका गरिबलाई मासिक खाद्यान्न’

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

उदयपुर । उदयपुरको वेलाका नगरपालिकाकाले नगरभित्र रहेका विपन्न गरिब परिवारलाई खाद्यन्न दिने घोषणा गरेको छ।

बुधबार संविधान दिवस मनाउन आयोजना गरिएको ‘नेपालको संविधान, मौलिक हक र स्थानीय सरकारको भूमिका’ विषयक विचार गोष्ठी कार्यक्रमा नगरपालिकाले यस्तो घोषणा गरेको हो।

नगरपालिका नगर प्रमुख दुर्गाकुमार थापा स्वस्तिकले वेलका नगरभित्र रहेका असाह्य, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति (अपाङ्गता), सिमान्त्कृत गरिबहरुलाई नियमित १५ केजी चामल, ३ केजी दाल, २ लिटर खानेतेल, १ केजी नुन दिने घोषणा गरेका हुन्। ‘विपन्न गरिव परिचयपत्र ‘कार्ड’ बनाएर वितरण सुरु गरिएको छ,’ नगर प्रमुख थापाले भने, ‘नगरपालिकाकाले मापदण्ड राखेको छ, मापदण्ड पुगेका टोल विकास सस्था र वडा समितिको सिफारिस भएकालाई एक समितिले निर्णय गरेर मासिक रुपमा खाद्यन्न उपलब्द गराउनेछ।’

विपन्न परिचय पत्र पाएका नगरपालिकका ५० परिवारलाई नगरपालिकाले मासिक १५ किलो चामल, २ किलो दाल, एक किलो नुन दिने उद्घोष गरेको छ। नगर प्रमुख थापाका अनुसार पहिलो चरणमा संविधान दिवशको अवसरमा नौ जनालाई खाद्यान्न दिइएको छ। बाँकी ४१ परिवारले विपन्न परिचय पत्र लिएर नगरपालिका आउन आग्रह समेत नगरप्रमुखको छ। नेपाल संविधान २०७३ मा ३० वटा मौलिक हकको व्यवस्था गरेको छ।

संविधानको भाग ३ मा धारा १६ देखि ४६ सम्म मौलिक हकहरु रहेका छन्। धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार गरिव विपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराइएको थापाको भनाइ छ। उदयपुरका विभिन्न कार्यक्रम गरी संविधान दिवश मनाइएको छ। जिल्लाका विभिन्न राजनीतिक दल, विभिन्न पेशाकर्मीका संगठन लगायतले सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न कार्यक्रम गरी संविधान दिवश मनाएको जानकारी दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *