Sajhamanch Archive

राजभण्डारीद्वारा नारी सञ्चारगृहलाई १० हजार सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । विर्तामोडमा मुख्य कार्यालय रहेको मिलनसार बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष बसन्तप्रेमी राजभण्डारीले नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि १० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा भएका कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजभण्डारीले बुधबार विर्तामोडस्थित संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी संस्थापक राजभण्डारीले रकम हस्तान्तरण गर्नु भएको हो । नारी सञ्चार गृहका उपाध्यक्ष भिमा शिवाकोटीसहितको टोलीलाई रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष राजभण्डारीले संस्था उद्देष्यले आफ्नो मन छोएका कारण सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा रकम ग्रहण गर्दै संस्थाकी उपाध्यक्ष भिमा शिवाकोटीले मन्तव्य राख्दै नारी संचार गृहको अभियानमा सहयोग प्रदान गर्ने राजभण्डारी सहित मिलनसार सहकारीलाई आभार तथा धन्यवाद ज्ञापन गर्दै उक्त कार्यले आफूहरुलाई अघि बढ्न प्रोत्साहन मिलेको धारणा राखेका थिए ।

२०६९ सालमा स्थापित नारी सञ्चारगृहले महिलाको क्षमता अभिबृद्धि सशक्तिकरण र प्रोत्साहन गर्ने उद्देश्यले दीर्घकालीन सोचका साथ अक्षयकोषको स्थापना गर्ने र उक्त अक्षयकोषबाट प्राप्त ब्याजबाट उद्देश्य अनुसारको काम गर्नका लागि नारी सञ्चार प्रोत्साहन नामक अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ कोषको स्थापना गरेको छ । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कैलाश पोखरेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *