Sajhamanch Archive

संविधान दिवसमा सरसफाई र दीप प्रज्वलन

Published: (Updated: ) in समाज by .

काँकरभिट्टा । संविधान दिवसको अवसर पारेर बुधबार झापाको मेचीनगरको प्रमुख व्यपारिक केन्द्र काँकरभिट्टा बजारको सरसफाई गरिएको छ ।

मेचीनगर— ६ नम्बर वडाको आयोजनामा भएको सरसफाई कार्यक्रममा नेपाल, सशस्त्र प्रहरी, विभिन्न सामाजिक संघ संस्थाहरुले सहभागिता जनाएका थिए ।

टोलीले बसपार्क, मुख्य राजमार्गको दुवै साइड, बाहुनडाँगी रोड, भन्सार तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा सरसफाई गरेको वडाध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए । संकलित फोहोरलाई नगरपालकिाको ट्याक्टरले उचित व्यवस्थापन गरेको थियो । वडाले विभिन्न व्यवसाय गर्ने व्यवसायीलाई फोहोरको उचित व्यवस्था गर्न आग्रह गर्दै डष्टविन राख्न अनिवार्य गरेको छ । आफ्नो व्यवसायबाट उत्पदित फोहोरको उचित व्यवस्थापन गर्ने जिम्मा व्यवसायीको भएकाले यसो नगरे वडाले कारवाही गर्ने बताइएको छ ।

वडाकार्यालयले संविधान दिवसको पूर्वसन्ध्यामा मंगलबार दीप प्रज्वलन गरेको थियो । वडा कार्यालय परिसरमा वडाध्यक्ष ललितबहादुर तामाङले दीप प्रज्वलन गरेपछि सहभागी सवैले आफ्नो हातले मत दिएर पठाएका जनप्रतिनिधिहरुले नै यो देशको मुल कानुन लेखेको भन्र्दै सर्वसाधारणले खुशी व्यक्त गरे । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले मुलुकका सवै राजनीतिक दलहरुले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर संविधान कार्यान्वयनमा एकजुट हुन आग्रह गरेका थिए । नेपाली काँग्रेसका १ नम्बर क्षेत्रीय उपसभापति हर्क फियाक नेकपाका नेता राजु दाहाललगायतले बोल्नुभएको थियो ।
वडा सचिव इन्दिरा खरेल ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडाअध्यक्ष तामाङले सहभागी सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *