Sajhamanch Archive

फिलिपिन्सले नेपालाई हरायाे

Published: in खेलकुद, by .

काठमाडाैं । एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले खराव सुरुवात गरेको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपाल समुह ‘ई’ अन्तर्गत भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ४–० ले पराजित भयो ।

हल्चोकस्थित एपीएफ क्लबको मैदानमा भएको खेलमा फिलिपिन्ससँग नेपाल सुरुवातबाटै दबाबमा परेको थियो । पहिलो हाफको अन्तिम समय सम्म समालिएको नेपाल ४२ औं मिनेटमा पहिलो गोल खान पुग्यो । पहिलो गोल खाएर समालिन नसक्दै नेपाल पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल खान पुगेको थियो।

दोस्रो हाफमा नेपाल थप दुई गोल खान पुगेको थियो। पहिलो हाफमा कप्तान केइनी मियाक एल्माले दुबै गोल गरेकी थिइन्। पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको नेपालका लागि दोस्रो हाफमा थप दुई गोल खान पुग्यो। नेपाल माथि जित निकाल्ने क्रममा ७६ औं मिनेटमा जिना सिमोनले तेस्रो गोल गर्दा चौंथो गोल मिकेला भिनासिनले चौंथो गोल गरेकी थिइन्।

बुधबार नै भएका अन्य खेलमा म्यानमारले मलेसियालाई ३–० ले पराजित गर्यो। म्यानमारको जितमा म्याट नोई खिनले ह्याट्रिक गरिन्। नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार म्यानमारको सामना गर्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *