Sajhamanch Archive

टिपरको ठक्करले बालकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

उदयपुर। त्रियुगा नगरपालिका–७ कौवाईमा टिपरको ठक्करले एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा १२ वर्षीय रोशन कार्की मृत्यु रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुर डिएसपी मेघराज अधिकारीका अनुसार कोवाईस्थित मुर्कुचीबाट चुहाडेतर्फ आउँदै गरेको ना १ क ७९०७ नम्बरको टिपरले बुधबार साँझ रोशनलाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो।

स्थानीय मेडिकल मुर्कुचिमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगर लैजाने क्रममा रोशनको बाटोमै मृत्यु भएको डिएसपी अधिकारीको जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *