चर्को आलोचना भएपछि क्यानले मागे माफी
Published: (Updated: )
by .
रोनाल्डोले रेडकार्ड पाएपछि धेरैले आफ्नो भनाइ सार्वजानिक गरेका छन्। यसै क्रममा इटालियन क्लब युभेन्टसका एमरी क्यानले क्रिष्टियानो रोनाल्डोलाई रातो कार्ड देखाइएपछिको दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि माफी मागेका छन्।
भ्यालेसिन्याका जिएसन मुरिलोको कपाल तानेकोमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड देखाएका थिए। खेलपछि रोनाल्डोलाई देखाइएको रातो कार्डबारे क्यानले भनेका थिए, ‘हामी महिला होइनौँ, हामीले फुटबल खेलिरहेका थियौँ ।’ उनले महिलालाई अपमानित गर्ने वा होच्याउने कुनै उद्देश्य नरहेको क्यानले बताएका छन् ।
उनको यो भनाइको सामाजिक सञ्जालमा चर्को विरोध भयो र प्रतिबन्धको माग चर्कियो। विवाद बढ्दै गएपछि क्यानले आफ्नो भनाइको उद्देश्य महिलालाई होच्याउने वा लिंगका आधारमा कसैलाई हिंसा गर्ने नभएको बताए। ‘जसले मलाई चिनेका छन् उनीहरुलाई थाहा छ कि महिलाप्रति मेरो सम्मान के छ भनेर ।’ उनले बिहीबार इन्स्टाग्राममा स्पष्टिकरण पोस्ट गर्दै भनेका छन्, ‘त्यो प्रतिक्रिया न महिलाप्रति लक्षित थियो न त महिलाको अपमान गर्नमा, महिला फुटबल वा कुनै पनि किसिमको समानताको अपमान गर्नु मेरो उद्देश्य थिएन।’
आफ्ना साथी खेलाडीमाथि गरिएको खराब निर्णय र त्यसले टिमको खेलमा पार्न सक्ने प्रभावकारे आफ्नो प्रतिक्रिया रहेको उनले जिकिर गरेका छन्। २४ वर्षका क्यानले आफ्नो प्रतिक्रियाले कुनै पनि अर्थमा कसैलाई पनि असजिलो भएको भए गम्भीर रुपमा माफी दिन आग्रह गरेका छन्।
Comments