Sajhamanch Archive

खुर्सिद हत्यामा भारतको नाम जोडियो ! विरोधमा निजी विद्यालय बन्द

Published: in राष्ट्रिय समाचार by .

इटहरी  । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा मौलाना खुर्सिद अन्सारीको हत्याको विरोधमा इनरुवाका निजी क्षेत्रका सबै विद्यालय शुक्रबार बन्द भएका छन् ।

सामुदायिक स्कुल खुला भए पनि प्याब्सन तथा एनप्याब्सन इनरुवाले निजी स्कुल बन्द गराएको जनाएको छ ।

हरिनगर गाउँपालिकामा अवस्थित रैयान नेशनल स्कुलका संस्थापक अन्सारीको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । उनलाई स्कुलबाट घर फर्कँदै गरेको अवस्थामा गोली प्रहार गरिएको बताइएको छ ।

हत्यापछि हरिनगर भुटाहाका स्थानीयबासिन्दाले मृतक अन्सारीको शव सडकमै राखेर विरोध गरेका छन् । स्थानीय तथा अन्सारीका परिवारले हत्या गरिएको स्थानमै शवसहित टेन्ट टांगेर विरोध गरिरहेका छन् ।

उनीहरूले हत्यारा पक्राउ र शान्ती सुरक्षा कायम गर्न प्रशासन समक्ष माग गरेका छन् । शुक्रबार दिउँसो जुमा पढेर शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने स्थानीयले जानकारी दिएका छन् ।

बिहीबार बेलुका स्थानीय र प्रशासनबिच भएको छलफलमा केही विषयमा सहमति पनि बनेको थियो । जस अनुसार प्रशासनले घटनाबारे गृहमन्त्रालय र प्रदेश सरकारलाई जानकारी गराएको थियो ।

अन्सारीलाई काठमाडौंमा भएको फैजान अहमद हत्याकाण्ड र भारतको मुम्बई बम विष्फोटसँग जोडेर कतिपयले हेरिएको छ । फैजान इनरुवा निवासी थिए । उनको पनि काठामाडौँमा गोली हानी हत्या गरिएका थियो ।

सुनसरी प्रहरीले भने घटनाको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ। स्थानीयका अनुसार हत्या गरेका अज्ञात समूह घुस्की हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेका थिए ।

सो क्रममा बाटो छेक्दा मोटरसाइकलमा सवार समूहले प्रहरी जवान शिवलाल पौडेललाई गोली प्रहार गरेका थिए । पौडेलको तिघ्रामा गोली लागेको थियो ।

दैनिक नेपालबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *